Logo थिंकर्स क्लब

हाम्रो बारे

सभ्य, शिक्षित र समुन्नत समाजको निर्माण आजको आवश्यकता हो र हामीले सोचेजस्तो एक समुन्नत समाजको निर्माण गर्नका लागि असल विचारको आवश्यकता पर्दछ । सामाजिक सेवा र विकासको सुन्दर भावना पनि प्रष्ट तथा सुन्दर विचारबाटै उदय हुन्छ । सामाजिक रूपान्तरणको महा अभियानमा युवावर्गको विशेष भूमिका हुन्छ र यही युवा शक्तिलाई निराशामा हैन आशामा बदल्नका लागि भविष्यको चिन्तन तर्फ बढी उत्प्रेरित गर्नु आवश्यक छ । यसका लागि युवा वर्गले स्वविवेक प्रयोग गरेर मात्रै भविष्यको चिन्तन गर्न सक्दछन् । यसले रचनात्मक कार्यलाई जोड दिँदै सहि मार्गदर्शन दिन मद्दत गर्दछ ।

हाम्रो समाजमा विद्यमान सबै प्रकारका विकृति, विसङ्गति, अन्तर- विरोधहरूको उचित व्यवस्थापन तथा समाधान सहितको निष्कर्षका निमित्त विभिन्न महत्त्वपूर्ण सवालमा ध्यान केन्द्रित गर्दै सामाजिक सचेतना अभिवृद्धिका कार्यक्रम सबै क्षेत्रसम्म पुर्याउन र सामाजिक सद्भाव कायम राख्न एक वैचारिक संस्था गठन गर्ने निर्णय अनुरूप हामीले 'Thinkers Club' को अवधारणा ल्याएका हौँ ।

विचारको आदानप्रदान मानव सभ्यताको सुरुवात देखिनै जोडिएको छ र बिचारको आदानप्रदानले नै मानिसको व्यक्तिगत विकास र सामाजिकतामा सकारात्मक प्रभाव पार्दछ ।

सबै किसिमका बिचार अभिव्यक्तिहरूको खुलेर बहस गर्न पनि जरुरी हुन्छ र यसले सत्य–तथ्य अगाडि ल्याउन मद्दत पुर्याउँछ ।

हजुरहरूको सुन्दर विचारले पनि सामाजिक रूपान्तरणमा महत्त्वपूर्ण टेवा पुर्याउन सक्ने हुनाले यहाँहरुको विचारलाई पनि केवल आफूमै मात्र सीमित रहन नदिई एउटा बुलन्द आवाजको रुपमा समाजमा प्रवाह गराउने हेतु हामी यस वेबसाइट मार्फत हजुरहरुको विचारलाई सम्प्रेषण गर्नेछौँ र यस महा अभियानमा जोडिनका निम्ति सबैलाई हार्दिक आह्वान गर्दर्छौं ।

Image