गाडिएको अनवरत धन अनि सुन्दर थियो सेरोफेरो,
अवसरै अवसरको जमिन थियो, यो खेत मेरो ।
जाडोको महिना, आकाशको असिना या शरीरैभरि लतपत पसिना,
समानताको पर्याय मेरो खेत सबैको पेट भर्थ्यो बाह्रै महिना ।
आज मेरै खेतको छातीमाथि तिम्रो कंक्रिट बजार ठडाएका छौ,
मेरै पौरखलाई कोल्ड स्टोरेजमा भरि सक्दो मूल्य बढाएका छौ ।
अचेल मेरो घरपनि तिम्रै बजारको अन्न तरकारी आउँछ,
कति खोज्छु खै कहाँ त्यो मेरो माटोको सुन्गन्ध पाउँछ ?
मेरो खेतमाथिको व्यापार, आहा ! खुलो तिम्रो भाग्य,
धर्ति पुज्ने म धर्तिको छोरो हेर रूँदैछु आफ्नो दुर्भाग्य ।
आखिर फैक्ट्रीका विशाल मसिन र बजारका सुसज्जित पसलमा कहिले सम्म फलाउँछौ गहुँ र धान ?
अब त बुझ न साथी ! धर्तीसँग प्रीत लगाई संसार पाल्ने
धर्तीको सान हो किसान ।