Logo थिंकर्स क्लब

मेरो खेत - हिजो र आज

Blog Image

गाडिएको अनवरत धन अनि सुन्दर थियो सेरोफेरो,

अवसरै अवसरको जमिन थियो, यो खेत मेरो ।


जाडोको महिना, आकाशको असिना या शरीरैभरि लतपत पसिना,  

समानताको पर्याय मेरो खेत सबैको पेट भर्थ्यो बाह्रै महिना ।


आज मेरै खेतको छातीमाथि तिम्रो कंक्रिट बजार ठडाएका छौ,

मेरै पौरखलाई कोल्ड स्टोरेजमा भरि सक्दो मूल्य बढाएका छौ ।


अचेल मेरो घरपनि तिम्रै बजारको अन्न तरकारी आउँछ,

कति खोज्छु खै कहाँ त्यो मेरो माटोको सुन्गन्ध पाउँछ ?


मेरो खेतमाथिको व्यापार, आहा ! खुलो तिम्रो भाग्य,  

धर्ति पुज्ने म धर्तिको छोरो हेर रूँदैछु आफ्नो दुर्भाग्य ।


आखिर फैक्ट्रीका विशाल मसिन र बजारका सुसज्जित पसलमा कहिले सम्म फलाउँछौ गहुँ र धान ?

अब त बुझ न साथी ! धर्तीसँग प्रीत लगाई संसार पाल्ने

धर्तीको सान हो किसान ।

Author Image
लेखक : Aayushman Niroula