मेचीनगर नगरपालिकाको सहयोगमा थिंकर्स क्लब, मेचीनगरद्वारा लागू पदार्थ दुर्व्यसन सचेतना सम्बन्धी गोष्ठी कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । मिति २०७९/०१/०९ गते शनिबारका दिन सम्पन्न उक्त गोष्ठी कार्यक्रमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथ मेचीनगर नगरपालिकाका बरिस्ठ प्रशासकीय अधिकृत अनन्त प्रकाश वस्तीज्यूले गर्नुभएको थियो ।
उक्त कार्यक्रममा ईलाका प्रहरी कार्यालय, काकरभिट्टाका प्रमुख, प्र.ना.उ. दिपक भारती, फ्रिडम फाउन्डेसन, काकरभिट्टाका अध्यक्ष सन्दिप थापा, नवयात्रा पुनर्स्थापना केन्द्र, काकरभिट्टाका अध्यक्ष भिम लुईटेल, केन्द्रीय लागू औंषध व्युरो, काकरभिट्टा शाखाका असई टेकनाथ पौडेलले विषय विज्ञको रुपमा लागू पदार्थ दुर्व्यसनका विषयमा महत्वपूर्ण भनाई सहितका प्रस्तुतीकरण दिनुभएको थियो । सो कार्यक्रममा , मेचीनगर १० का वडाध्यक्ष नारायण खनालको समेत आतिथ्यता रहेको थियो ।
मेचीनगर-१० धुलाबारी स्थित अतिथि फुड एण्ड हस्पिटालिटीमा आयोजना भएको उक्त कार्यक्रममा मेचीनगरका विभिन्न वडाका जनप्रतिनिधि, विद्यालयका शिक्षक/शिक्षिका तथा संघसंस्थाका प्रतिनिधिलगायत अन्यको उल्लेख्यीय सहभागीता रहेको थियो भने सहभागीहरुद्वारा कार्यक्रम फलदायी रहेको र यस्ता खालका कार्यक्रम थिंकर्स क्लबले आगामी दिनमा अझ बृहत रुपमा अगाडी ल्याओस भन्ने अपेक्षा समेत जाहेर भएको थियो ।
थिंकर्स क्लब मेचीनगरका अध्यक्ष श्याम सिवाकोटीको अध्यक्षतामा आयोजना भएको उक्त कार्यक्रमको सञ्चालन क्लबको सदस्य आयुष्मान निरौलाले गर्नुभएको थियो ।
अन्ततः कार्यक्रम सफल बनाउन अहम भूमिका निर्वाह गर्नुहुने यहाँहरु सम्पूर्णलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा समेत आम जनसमुदायको यस्तै साथ, सहयोग, हौसलाको अपेक्षा सहित सकारात्मक सामाजिक परिवर्तनको पथमा हामी थिंकर्स क्लब परिवार सदैब अग्रसर रहने व्यहोरा जानकारी गराउँदछौ ।