• सोमवार, फेब्रुअरी 06, 2023
  • Mechinagar, Jhapa, Nepal
  • सम्पर्क
Logo थिंकर्स क्लब

लाइसेन्स र ब्लुबुक मात्र होइन, ट्राफिकले अरु पनि हेर्नुपर्यो

  • Thinkers Club
  • मङ्गलवार, मार्च 22, 2022
Blog Image

यस थिंकर्स क्लब, मेचीनगर नगरपालिका वडा नं. १०, झापाले हाम्रो समाजमा विद्यमान सबै प्रकारका विकृति, विसङ्गति, अन्तर-विरोधहरूको उचित व्यवस्थापन तथा समाधान सहितको निष्कर्षका निमित्त विभिन्न महत्त्वपूर्ण सवालहरुमा ध्यान केन्द्रित गर्दै सो  सम्बन्धमा युवावर्ग विच प्रत्येक हप्ताको शनिबार विचार विमर्श गर्ने गरेको व्यहोरा यहाँलाई जानकारी गराउँदछौ |

सर्व प्रथम त सवारी साधन दुर्घटना न्यूनीकरणका निम्ति अगाडी देखि नै यस क्षेत्रमा उल्लेखनीय तथा सुधारोन्मुख कार्यहरु गर्दै योगदान पुर्याउँदै आउनु भएकोमा हामी हाम्रो क्लबको तर्फबाट सम्पूर्ण जिल्ला ट्राफिक प्रहरी कार्यालय, झापा परिवारलाई धन्यवाद तथा आभार व्यक्त गर्दछौँ |

हाम्रो क्लबको निर्धारित नियमित छलफल कार्यक्रमका क्रममा हालका दिनहरुमा यस क्षेत्रमा अवस्थित पूर्व-पश्चिम राजमार्ग, मेची राजमार्ग जस्ता मुख्य सडक खण्ड लगायतका अन्य शाखा सडकहरुमा बढ्दो सवारी साधन दुर्घटना र यसका कारण सम्बन्धी विषय उठान भई छलफल गर्दै जाने क्रममा सवारी चेक जाँचको सन्दर्भमा भने सवारी चालक अनुमति पत्र र सवारी दर्ता प्रमाण पत्र (ब्लु बुक) तर्फ मात्र विशेष ध्यान गई सो बाहेकका निम्न महत्वपूर्ण पक्षहरु ओझेलमा परिरहेको हुँदा सो लाई समेत ध्यानमा राखी कार्यान्वयन हुन सकेमा यसले थप सकारात्मक नतिजा हासिल गर्न मद्धत पुर्याउने कुरा महसुस गर्दै ध्यानाकर्षणका निम्ति यो ज्ञापन पत्र पेश गर्दछौँ |    

निम्न:

  • सवारी साधनहरुको साइड लाइट, ब्रेक लाइट, लुकिंग ग्लास तथा हेड लाइट चालु अवस्थामा नरहनु र रहे नै पनि आवश्यकता अनुसार सवारी चालकद्वारा उचित प्रयोग नहुनाले अघि, पछि वा छेउको सवारी चालक झुक्किन गइ दुर्घटना हुनु |
  • ठुला यात्रुबाहक तथा मालबाहक सवारीसाधनहरुले सडकको धेरै क्षेत्रफल ओगट्ने र नजिक को दुरीमा रहेको दायाँ-बायाँ तथा अगाडी-पछाडी को अन्य यात्रु तथा सवारीसाधन नदेख्ने, साइड इन्डिकेटर तथा अन्य लाइट कतिपय अवस्थामा बिग्रिएको, नबल्ने/नबाल्ने र गतिमा समेत बिना नियन्त्रण तिब्र गतिमा हाँक्ने गर्नाले दुर्घटना हुनु |  
  • अनियन्त्रित ढंगले तिब्र गतिमा सवारी साधन हाँक्ने, ओभरटेक गर्ने, अनावश्यक स्टन्ट गर्ने आदि जस्ता क्रियाकलापले दुर्घटना निम्त्याउनु |
  • ठाउँ-ठाउँमा ट्राफिक संकेतहरुको निर्माण भए ता पनि सर्वसाधारण बाट त्यसको सहि ढंगले पालना नहुनु र कार्यन्वयन पक्ष कमजोर रहनु |
  • सिटि सफारी तथा अटो रिक्सा जस्था तिन चक्के सवारी साधनहरुको बढ्दो संख्यासंगै जथाभावी बाटो काट्ने तथा पार्किङको समस्या बढेर जानु र सो को व्यवस्थापन सहि ढंगले हुन नसक्नु |
  • कार्यालय तथा शैक्षिक संस्थाहरु सुरु हुने समय बिहानको ९:००-११:०० र छुट्ने समय दिउँसोको ३:००-५:०० मा सवारी साधनहरुको अत्याधिक चाप हुनु |
  • यात्रुवाहक सवारीसाधनहरु जथाभावी ठाउँहरुमा रोकी यात्रुहरु चढाउने र ओराल्ने गर्नु र पूर्ववत रुपमा रहेका बस स्टेन्डहरुमा समेत यात्रु चढाउने र ओराल्ने प्रकृया अव्यवस्थित हुनु |   
  • रात्रिकालिन समयमा दुई विपरीत दिशाबाट आउने सवारीसाधनहरूको लाइट सहि ढंगले परिस्थिति अनुसार प्रयोग गर्न नजानी दुर्घटनाको अवस्था निम्तिनु |
  • कोभिड १९ संक्रमण पूर्ण रुपमा सकिन नपाउँदै सार्वजनिक यातायातहरूमा अनियन्त्रित ढंगले यात्रुको चाप बढ्नु/बढाइनु |

अत: यस ध्यानकार्षण पत्रमा उल्लेखित माथिका समस्याहरुलाई जिल्ला ट्राफिक कार्यालयले सकारात्मक रुपमा लिई कार्यान्वयनका निम्ति पहल कदम चाल्ने र यसले दुर्घटना न्यूनीकरणमा अझ प्रभावकारी नतिजा हासिल गर्नमा समेत सहयोग पुग्ने कुरामा हामि विश्वस्त छौँ |  

Author Image
लेखक : Thinkers Club