Logo थिंकर्स क्लब

मेचीनगरका युवाले खोले थिंकर्स क्लब

  • Thinkers Club
  • मङ्गलवार, मार्च 22, 2022
Blog Image

मेचीनगर नगरपालिकाका उर्जाशील युवाहरुले विद्यमान परम्परागत शैली र परिपाटीलाई त्याग्दै अब युवाहरु पनि समाजप्रति उत्तरदायी हुनुपर्ने र आफुले, पढेका, जानेका, खोजेका नयाँ सोचहरुका साथ समाज सामु आफुहरुलाई उभियाउनुपर्ने आवश्यकता आजको दिनमा अपरिहार्य रहेको भन्दै "Where The Ideas Bloom" भन्ने स्लोगनका साथ एउटा स्वतन्त्र युवा विचारहरु प्रस्तुत गर्ने मञ्चको रुपमा थिंकर्स क्लब मेचीनगरको स्थापना गरेका छन् |

के हो थिंकर्स क्लब ?    सभ्य, शिक्षित र समुन्नत समाजको निर्माण आजको आवश्यकता हो र हामीले सोचेजस्तो एक समुन्नत समाजको निर्माण गर्नका लागि असल विचारको आवश्यकता पर्दछ । सामाजिक सेवा र विकासको सुन्दर भावना पनिविचारबाटै उदय हुन्छ । सामाजिक रूपान्तरणको महा अभियानमा युवावर्गको विशेष भूमिका हुन्छ र यही युवा शक्तिलाई निराशामा हैन आशामा बदल्नका लागि भविष्यको चिन्तन तर्फ बढी उत्प्रेरित गर्नु आवश्यक छ । यसका लागि युवा वर्गले स्वविवेक प्रयोग गरेर मात्रै भविष्यको चिन्तन गर्न सक्दछन् । यसले रचनात्मक कार्यलाई जोड दिँदै सहि मार्गदर्शन दिन मद्दत गर्दछ । 

हाम्रो समाजमा विद्यमान सबै प्रकारका विकृति, विसङ्गति, अन्तर- विरोधहरूको उचित व्यवस्थापन तथा समाधान सहितको निष्कर्षका निमित्त विभिन्न महत्त्वपूर्ण सवालमा ध्यान केन्द्रित गर्दै सामाजिक सचेतना अभिवृद्धिका कार्यक्रम सबै क्षेत्रसम्म पुर्याउन र सामाजिक सद्भाव कायम राख्न एक वैचारिक संस्था गठन गर्ने निर्णय अनुरूप हामीले 'Thinkers Club' को अवधारणा ल्याएका हौँ । 

विचारको आदानप्रदान मानव सभ्यताको सुरुवात देखिनै जोडिएको छ र बिचारको आदानप्रदानले नै मानिसकोव्यक्तिगत विकास र सामाजिकतामा सकारात्मक प्रभाव पार्दछ । सबै किसिमका बिचार अभिव्यक्तिहरूको खुलेर बहस गर्न पनि जरुरी हुन्छ र यसले सत्य-तथ्य अगाडि ल्याउन मद्दत पुर्याउँछ । सोही अभिव्यक्तिहरूको खुलेर बहस गर्ने मञ्च हो थिंकर्स क्लब । हरेक सदस्य समान हुन, सबैको भूमिका बराबरको हो र बिशेष गरी यो एउटा आफुहरुलाई नविन सोचका साथ भविष्यका लागि तयार पार्ने र सिक्ने थलोको रुपमा यसलाई लिई पदीय अग्रताका आधारमा नेतृत्व गर्ने लालचबाट टाढा रहेर मूल उद्धेश्य प्राप्तिमा यो क्लब केन्द्रित रहने छ ।

जो कोहीको सकारात्मक विचारले पनि सामाजिक रूपान्तरणमा महत्वपूर्ण टेवा पुर्याउन सक्ने भन्दै यस क्लबले आफ्नो पेज र केहि दिनमै तयार हुन गइरहेको आफ्नो वेबसाइट मार्फत पनि आफ्नो दबिएर बसेको सकारात्मक विचारलाई उजागर गर्न चाहने जो सुकैको विचारलाई समेत सम्प्रेषण गरी समाजमा पुर्याउने र आगामी दिनमा यस्तै किसिमका अन्य रचनात्मक कार्यक्रमहरु सहित आफुहरु उपस्थित हुने लक्ष्य राखेको छ ।

Author Image
लेखक : Thinkers Club